७ असार, काठमाडौं । संघीय संसदका निलम्बित सांसद रेशम चौधरीको फोक्सो र बोनम्यारोमा समस्या देखिएपछि वीर अस्पताल भर्ना भएका छन् । चौधरीलाई प्रहरीले बिहीबार साँझ पाँच बजे वीरमा भर्ना गरेको हो ।
चाैधरी लामोसमय अघिबाट हाडजोर्नीको समस्याबाट ग्रसित थिए । पछिल्लो समय आएर उनमा अझै धेरै समस्या देखिएपछि उनलाई १५ दिनदेखि वीर अस्पतालमै राखेर दैनिक थेरापी गराईदैछ । उनको शरिर नै कुप्रो परेपछि चौधीलाई हिजो बिहीबार वीरको आकास्मिक कक्षमा भर्ना गरिएको थियो ।
गत फागुनमा टीकापुर घटनाको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद चौधरीसहित ११ जनालाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएको थियो।
चौधरी ०७२ भदौ ७ गते ९ जनाको ज्यान जाने गरी भएको घटनामा दोषी ठहर भएपछि उनी सांसदबाट निलम्बित भएका थिए । चौधरी कैलाली क्षेत्र नम्बर १ का निर्वाचित सांसद हुन्।
सामाजिक संंजालमा आलोचना
सांमाजिक संजालमा कसैले सकारात्मक त कसैले नकारात्मक टिप्पणी गरेका छन् । नेल बाँधेको बिषयमा कसैले चौधरी नरसंहरमा दोषी भएका कारण यस्तो अपराधीलाई नेल लागाएर उपचार गर्दा कुनै परक नपर्ने जनमत सामाजिक संजालमा पाईएको छ, भने कसैले प्रतक्ष जननिर्वाचित प्रतिनिधिलाइ खुट्टा नेल बाँधेर सरकारले जनमतको अपमान गरेको गुनासो गरेको पाईएको छ ।