विप्लव बन्दको प्रभाव : ठाउँ–ठाउँमा बम भेटियो, शैक्षिक संस्था बन्द

विप्लव बन्दको प्रभाव : ठाउँ–ठाउँमा बम भेटियो, शैक्षिक संस्था बन्द

१० असार, विराटनगर ।
नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले मंगलबार आयोजना गरेका नेपाल बन्दका कारण देशभरका जनजीवन प्रभावित भएको छ ।
प्रहरीले कार्यकर्ता हत्या गरेको भन्दै आव्हान गरेको बन्दका कारण विराटनगरमा तुलनात्मक रुपमा सवारी साधनहरु कम चलेका छन् भने विराटनगरका धैरैजसो निजी शैक्षिक संस्थाहरुले पठनपाठन बन्द छन् ।

बन्दलाई प्रभावकारी बनाउन देशका विभिन्न स्थानबाट विप्लव समूहले बम राखेको समाचारहरु आएका छन् । अप्रिय घटना हुन नदिन ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । चोक– चोकमा प्रहरीको बाक्लो उपस्थिति देख्न सकिन्छ ।

असार ५ गते सर्लाही जिल्लाका संयोजक कुमार पौडेलको प्रहरीको गोली लागि मृत्यु भएको विरोधमा विप्लव समूहले बन्दको आह्वान गरेको हो । सरकारले दोहोरो भिडन्तमा पौडेल मारिएको र उनीसँगबाट पेस्तोल बरामत भएको जनाएको छ भने नेकपाले पौडेललाई पक्राउ गरेपछि हत्या गरिएको जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.