सरकारले धोका दिन सक्छ भन्दै निकालियो खबरदारी जुलस

काठमाडौं : राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता लिने सरकारी प्रतिबद्धतामा धोका हुन सक्ने भन्दै सोमबार उपत्यकामा बृहत् प्रदर्शन भएको छ ।

Advertisement

सरकारले सभाबाट विधयेक फिर्ता लिने एकदिन अगाडि उपत्यकाको वसन्तपुर, पाटन दरबार क्षेत्र मंगलबजार, कीर्तिपुर, लुभु र भक्तपुर, मध्यपुर, ठिमीलगायत स्थानबाट खबरदारी जुलुस निस्किएको हो । प्रतिबद्धताअनुरूप विधेयक फिर्ता लिने विषयमा धोका हुने भन्दैै खबदारी जुलुस निकालिएको गुठी विधयेक संघर्ष समितिले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले गत साता गुठी विधेयक फिर्ता लिने घोषणा गरेपछि राष्ट्रिय सभाको बैठक आज मंगलबार बस्ने भएको छ। गत मंगलबार सो घोषणा गरेको मन्त्री अर्यालले त्यसको तीन दिनपछि मात्र विधयेक फिर्ता लिने औपचारिक प्रस्ताव पठाउनुभएको थियो ।

Advertisement

विधेयक फिर्ता लिने सो प्रस्ताव बहुमत सदस्यले पारित गरेमा मात्र सभाबाट औपचारिकरूपमा फिर्ता हुुन्छ । सो विधेयक यसअघि राष्ट्रिय सभामा सैद्धान्तिक छलफल भइसकेको छ ।, यो समाचार आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top