नेपाली यू–१९ क्रिकेट टिमको घोषणा, चार नयाँ अनुहार

१० असार ७६, मंगलबार
Share this
772shares

१० असार, काठमाडौं ।
मलेसियामा हुने एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको लागि नेपाली यू१९ राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । रोहित पौडेलको कप्तानीमा चार नयाँ अनुहार सहित १४ सदस्य टोली मंगलबार घोषणा गरिएको हो ।

Advertisement

नयाँ अनुहारमा यू १६ टोलीका कप्तान विशाल ब्रिकम केसी र तिलक भण्डारी, प्रधानमन्त्री राष्टिय क्रिकेट प्रतियोगिताका उदियमान खेलाडी खडक बाहोरा र लोकेश बम रहेका छन् ।

टोलीमा दुई महिना अघि विश्वकप छनोटमा रहँदै टोलीको कप्तानी समेत गरिसकेका ब्याट्सम्यान आशिफ शेख, सिनियर टोलीबाट खेलिसकेका सन्दीप जोरा, घरेलु प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने सुर्य तामाङ र अभिषेक बस्नेत भने टोली बाहिर रहेका छन् ।

Advertisement

मलेसियामा ३० जुन देखि १० जुलाई सम्म चल्ने प्रतियोगितामा समुह ए मा नेपालसँगै सिंगापुर, म्यानमार र चीन छन् । त्यस्तै समुह बी मा हङकङ, थाईल्यान्ड, भुटान र आयोजक मलेसिया छन् । यस प्रतियोगिताको विजेता टोलीले २८ अगस्ट देखी ८ सेप्टेम्बरसम्म श्रीलंकामा हुने एसिया कप खेल्न पाउने छ । नेपाल यस प्रतियोगिताको प्रमुख दाबेदार टोली मानिन्छ ।

यस प्रतियोगिताको विजेतासँगै भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, यूएई र कुवेतले एसिया कपमा प्रतिस्पर्धा गर्ने छन् । नेपालले पहिलो खेल जुलाई २ मा म्यानमारसँग खेल्ने छ । त्यस्तै ५ जुलाईमा सिंगापुर,६ जुलाईमा चीनसँग प्रतिस्पर्धा गर्ने छ । दुवै समूहका शीर्ष दुई टोलीले जुन ८ मा हुने सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनलमा ९ जुलाईमा हुने छ ।

Advertisement

यस्तो छ नेपाली टोली :
१. रोहित कुमार पौडेल (कप्तान)
२. पवन सरार्फ
३. कमलसिंह ऐरी
४. रित गौतम
५. हरि बहादुर चौहान
६. विशाल विक्रम केसी
७. प्रतिश जिसी
८. तिलक भण्डारी
९. राशिद खान
१०. भिम सार्की
११. लोकेश बहादुर बम
१२. सागर ढकाल
१३. कुशल मल्ल
१४. खडक बहादुर बोहोरा

वैकल्पिक खेलाडीहरु :
आशिफ शेख
सन्दीप जोरा
सुर्य तामाङ
आकाश चन्द

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top