सहमतिमा टुङ्गियो ‘गलबन्दी’ विवाद, संगीतमा शम्भु राईको नाम राखिने

सहमतिमा टुङ्गियो ‘गलबन्दी’ विवाद, संगीतमा शम्भु राईको नाम राखिने

११ असार, काठमाडौं ।
प्रकाश सपुतको ‘गलबन्दी’ गीतलाई लिएर उत्पन्न विवाद अन्ततः सहमतिमा टुंगिएको छ । सो गीतको विवाद बारेमा गायक शम्भु राई र प्रकाश सपुतबीच मंगलबार सहमति भएको छ ।

सहमतीअनुसार गीतको भिडियोमा शम्भू राईलाई क्रेडिट दिन सपुत तयार भएका छन् भने राईले कुनै आर्थिक क्षतिपूर्ति दावी नगर्ने भएका छन् । ‘गलबन्दी’ गीत शम्भु राईको ‘देउसी भैलो’ सँग मिल्दोजुल्दो देखिएपछि विवाद उत्पन्न भएको थियो ।

गायक शम्भु राई र गायक प्रकाश सपुतविच गीतको लय चोरीको बिषयमा केही समयदेखि लफडा चलिरहेको थियो । तर, प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयममा भएको छलफल सहमतिमा टुंगिएको हो । सो गीत ‘देउसी भैली’ गीतको लयसँग मिलेको भन्दै प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयमा शम्भु राईले उजुरी दर्ता गरेका थिए ।

लामो समयको छलफलपश्चात पनि सहमति हुन नसकेपछि शम्भुले कानुनी ढोका ढक्ढकाएका थिए । अब युटुबमा ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुने र पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम समावेश हुने जनाईएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.