११ असार, काठमाडौँ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारको काममा बाधा पुर्याउने उद्देश्य साथ सरकार पुर्नगठनको हल्ला फिँजाईएको बताएका छन् ।
बुधबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै उनले सरकारलाई कमजोर बनाउनको पुर्नगठनको अफवाह फैलाईएको बताएका हुन् । वर्तमान सरकारले राम्रा कामहरु गरेको भन्दै उनले सरकारलाई कमजोर पार्न विभिन्न वहानामा चौतर्फी घेरावन्दी गर्न खोज्नेहरु सफल नहुने बताए । उनले भागवण्डाको लागि पार्टी एकता नभएकाले वर्तमान सरकारकै निरन्तरता हुने दाबी पनि गरे ।
उनले हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, मध्यपहाडी राजमार्ग र महेन्द्र राजमार्ग विस्तार लगायतका महत्वपूर्ण आयोजनाहरु निर्धारित समय अगावै सम्पन्न गरिने दाबी गरे ।