११ अषाढ, विराटनगर ।
लोकसेवा आयोगले हालै जारी गरेको विज्ञापन सच्याउन मागगर्दै विभिन्न तीन संस्थाले प्रदेश एकका मुख्यमन्त्रीलाई संयुक्त ज्ञापनपत्र बुझाएका छन् ।लोकसेवा आयोगले जेठ १५ मा खुलाएको विज्ञापनमा आरक्षणको ब्यवस्थालाई बदनियतपुर्वक निषेध गरिएको भन्दै त्यसलाई सच्याउन मागगर्दै सरोकारवालाले ज्ञानपत्र बुझाएका हुन् ।
राष्ट्रिय अपांग महासंघ नेपाल प्रदेश–१,अखिल नेपाल पिछडा बर्ग महासंघ,प्रदेश–१ र दलित गैसस महासंघ प्रदेश–१ ले आज संयुक्तरुपमा सो बिषयको ज्ञापनपत्र बुझाएको हो । महासंघका पदाधिकारीले विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पुगेर मुख्यमन्त्री शेरधनराई ज्ञापनपत्र बुझाएका छन् ।
मुख्यमन्त्रीलाई बुझाइएको ज्ञापनमा लोकसेवा आयोगले खुलाएको विज्ञापनमा समूह निर्माण (क्लस्टरिङ) मा गम्भीर षड्यन्त्र भएको त्यसैगरि परिवर्तनबाट स्थापित संघीय ब्यवस्थालाई आयोगको विज्ञापनले पुर्ण निस्तेज पारेको दाबी गरिएको छ । मुख्यमन्त्रीलाई हस्तान्तरण गरिएको ज्ञापनपत्रको लेटरहेडमा अपाङता भएका ब्यक्ति,पिछडा बर्ग,दलित समुदाय र पिछडिएको क्षेत्रको तर्फबाट ‘आरक्षण बचाऔं आन्दोलन’को शिर्षक प्रिन्ट गरिएको छ ।
ज्ञापनपत्रमा आयोगले पुर्नविचार गरी विज्ञापन नसच्याएको खण्डमा थप चरणबद्ध आन्दोलनको घोषणा गरिने चेतावनी समेत दिइएको छ ।ज्ञापनपत्रमा राष्ट्रिय अपांग महासंघ प्रदेश एक अध्यक्ष पार्वता श्रेष्ठ,अखिल नेपाल पिछडा वर्ग महासंघ प्रदेश एकका तर्फबाट मदनकिसोर कामत र दलित गैसस महासंघबाट कार्यवाहक अध्यक्ष निर्मला रामले हस्ताक्षर गरेकि छिन् ।