परियार समाजको स्वास्थ्य शिविरबाट २ सय ५० लाभान्वित

१५ असार, विराटनगर ।

Advertisement

विराटनगको सामाजिक संस्था परियार समाज विराटनगरले दुई दिने महिला स्वास्थ्य शिविर संञ्चालन गरेको छ । परियार समाजले महिलाहरुमा बढ्दो पाठेघरको क्यान्सर सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम र १ दिने स्वास्थ्य जाँच गरी दुई दिने कार्यक्रम शनिबार समापन गरेको हो ।

विराटनगर नम्बर २ सहप्रायोजक रहेको स्वास्थ्य शिविर कार्यक्रम विराटनगर–२ मा रहेको शंखरपुर आधारभुत बिध्यालय सोमबारे हाटमा सञ्चालन भएको थियो । शिविरबाट २५० भन्दा बढीले फाईदा लिएको परियार समाजका सचिव विनोद परियारले जानकारी दिए । शिविरमा सहभागी महिलाहरुलाई परियार समाजले आवश्यक औषधी र यातायात खर्च पनि उपलब्ध गराएको सचिव परियारले जानकारी दिए । नेकपा मोरङ नेता बाबुराम कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता परियार समाजका अध्यक्ष रत्न परियारले गरेका थिए ।

Advertisement

त्यस्तै १३ गते को महिला शसक्तिकरण तथा महिला स्वास्थ्य सम्बन्धि कार्यक्रममा समाज सेवि आभा अनुपमासँग महिलाहरुले समाजमा कसरी नेतृत्व लिने भन्ने बिषयमा अन्तरकृया गरिएको थियो भने कोशि अञ्चल अस्पतालका अधिकृत तथा बीएन भिमा शाक्यले महिलाहरुको स्वास्थ्यमा आउने समस्या र रोगबाट बच्ने उपायका बारेमा जानकारि गराएकी थिइन् ।

Advertisement

परियार समाज २०७२ साल स्थानीय तहमा दर्ता भई विभिन्न संस्थाहरुसँग सहकार्य गरी राहत वितरण , रगत संकलन लगायतका उदाहरणीय काम गर्दै आईरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top