शेयर बजारः नेप्से आठ अङ्कले घट्यो

१९ असार ७६, बिहीबार
Share this
696shares

१९ असार, काठमाडौँ ।

Advertisement

मङ्गलबार र बुधबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने आठ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८.२७ बिन्दुले घटेर एक हजार २६०.४७ मा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५३ अङ्कले घटेर २७१.४५ बिन्दुमा झरेको छ ।

नेप्से ओरालो लागे पनि कारोवार रकममा भने वृद्धि भएको छ । कूल १७७ कम्पनीको ८९ लाख ८५ हजार ३५३ कित्ता शेयर रु ६७ करोड एक लाख ६९ हजार ९२९मा खरीद बिक्री भए ।

Advertisement

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूह सबैको शेयर ओरालो लागेको छ । बैंकिङ ६.५९, होटल २४, विकास बैंक ४.८१, जलविद्युत् १२.५१, वित्त ३.३५, निर्जीवन बीमा ६२.४५, उत्पादन १.४, अन्य ५.६७, लघुवित्त ७.५, जीवन बीमा ५३.९७ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेको छ ।

स्टकका अनुसार आज कारोवारका आधारमा सिद्धार्थ इक्विटी फण्ड शीर्ष स्थानमा छ । उक्त योजनाको रु पाँच करोड ५२ लाख २२ हजार २४७, प्रभु बैंक रु पाँच करोड ५१ लाख ४३ हजार ७१७, नेपाल बैंक रु चार करोड ७३ लाख २४ हजर ५४२, नेपाल दूरसञ्चार कम्पनी रु तीन करोड ८८ लाख तीन हजार ३९४, मेगा बैंक रु तीन करोड १६ लाख ६१ हजार ५६४, प्रिमियर इन्स्योरेन्स रु तीन करोड १२ लाख दुई हजार ६५३ र सिभिल बैंक रु दुई करोड ७३ लाख २१ हजार ३६८ मा कारोवार भई शीर्ष स्थानमा रहे ।

Advertisement

स्टकका अनुसार आज सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९९ प्रतिशतले कमाए । समिट लघुवित्त वित्तीय संस्था ९.९६, स्वावलम्बन लघुवित्त वित्तीय संस्था ९.७६, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ६.४९, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था ४.२१ र सिटीएक्सप्रेस फाइनान्स कम्पनीका शेयरधनीले ४.०८ प्रतिशतले कमाए ।

त्यस्तै युनियन हाइड्रोपावर लिमिटेड ६.५५, प्रुडेन्टियल इस्योरेन्स ५.६१, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर ४.१६, स्वदेशी लघुवित्त वित्तीय संस्था ३.८१, वेस्ट फाइनान्स कम्पनी ३.८० र सानिमा इक्विटी फण्डका लगानीकर्ताले ३.७९ प्रतिशतले गुमाए ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top