×

NEPAL TIMES UPDATES

Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026
Playing
World News:युरोनियमका लागि रुसको इरानलाई सहयोग,रुसमाथिको प्रतिबन्ध हट्यो, सामूहिक चिहानमा ५६ श*व
Apr 19, 2026
Playing
बस्तीमा डोजर चलेपछि घेरियो सरकार || Nepal Times
Apr 19, 2026
Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्ः भारतीय धर्मगुरु || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026

एकै ठाउँमा सुन, चाँदी र मानव बस्तीझै देखिने तीन ठूला गुफा भेटिए

२५ असार २०७६

२५ असार, रुकुम ।

रुकुम (पूर्व)मा निकै आकर्षक र महत्वको नयाँ पर्यटकीय गन्तव्य पत्ता लागेको छ । पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं १२ को कोलस्थित एकै ठाउँमा सुन, चाँदी र मानव बस्तीझै देखिने तीन ठूला गुफा भेटिएका हुन् ।

Advertisement
Advertisement

गुफा भेटिएपछि त्यहाँका स्थानीय सबै मिलेर ती गुफाको मगर खाम भाषाबाट नामकरण पनि गरेका छन् । एउटा गुफाको नाम ‘मि कुङ’ नामकरण गरिएको छ । मगर खाम भाषामा मिको अर्थ मान्छे र कुङको अर्थ ओढार वा गुफा भन्ने बुझिन्छ ।

अहिले भेटिएकामध्ये सबैभन्दा ठूलो यस गुफाभित्र ५० जना अटाउन सक्ने ठाउँ रहेको छ । यस गुफामा केराको घरीका जस्ता आकृति र चमेरा पनि थुप्रै रहेको उनले बताए । त्यसैगरी गुफामा मनै लोभ्याउने खालका कलाकृति देख्न सकिने पुथा उत्तरगङ्गा गाउँपालिका–१२ का वडाध्यक्ष गङ्गाबहादुर पुनले बताए ।

उनका अनुसार जमीन सतहबाट २५ मिटरभित्र पसेपछि मात्र गुफाको सतह भेटिन्छ । वडाध्यक्ष पुनले भने, “यो भन्दा अगाडि मैले पोखरा र रुकुमकोटलगायतका ठाउँमा रहेका गुफाहरु हेरेको छु, तर कोलमा भेटिएका यी गुफा ती गुफाभन्दा निकै ठूला आकर्षक र अनौठा खालका छन् ।” यस गुफामा खुट्टा डुबाउने खालको पानी रहेको पनि उनले बताए ।

त्यसैगरी नजिकै अर्को गुफा रहेको छ । त्यस गुफाको नाम ‘सुनरी कुङ’ अर्थात् सुनपानी गुफा नामकरण गरिएको छ । त्यस गुफामा सुनको जस्तै रङमा विभिन्न आकृति भेटिएका छन् । जुन गुफामा भित्र प्रवेश गरेपछि सुनैको महलमा छिरेझै आभास हुने गर्दछ । जता हेरे पनि सुनजस्तै पहेँला चम्किने बिरुवाको पातको आकृतिले मनै लोभ्याइदिन्छ ।

त्यसैगरी अर्को गुफा रहेको छ, त्यस गुफाको नाम ‘चाँदी कुङ’ नामकरण गरिएको छ । जहा चाँदीको जस्तो रङमा कुदिएका अकृति तथा गुफा नै चाँदीको रङमा देख्न सकिने अध्यक्ष बुढाले बताए ।

यस गुफाको एउटा अचम्मको विशेषता रहेको छ । गुफाभित्र केही वस्तु राखियो भने केही वर्षभित्रै त्यो चिजलाई पनि चट्टानले विस्तारै छोपिदिने र त्यस वस्तु पनि चट्टानझै देखिन्छ । गुफाभित्र कुनै पनि चिज राखेर त्यसलाई आफूले भनेजस्तै चट्टानमा परिवर्तन गर्न सकिने सम्भावना रहेको अध्यक्ष पुनको भनाइ छ । चाँदी कुङबाट निस्केको पानी अहिले एउटा सानो झरना बनेर उत्तरगङ्गामा मिसिएर बगिरहेको छ ।

यी गुफालाई स्थानीयले पहिले पनि देखेको तर यसतर्पm त्यति चासो नदिएका कारण यसको बारेमा कसैले थाहा पाउन सकेका थिएनन् । तर, स्थानीय सरकार र अहिलेका युवाहरुले यी गुफाको बारेमा चासो दिएर खोजीनीति गर्न थालेपछि गुफाहरुको यो रहस्य खुल्न गएको स्थानीयवासी बताउँछन् ।

कोल गाउँभन्दा तलतिर गुफाहरु रहेका छन् । तर, ती गुफामा पुग्नका लागि धेरै वर्ष पहिले गाउँभन्दा माथिबाटै सुरुङमार्ग रहेको स्थानीयवासीको दाबी छ । कोलका भुपू प्रधानपञ्च ६९ वर्षीय गनबहादुर पुनले धेरै वर्ष अगाडि शिकारीले लखेटेको मृग यी तीन गुफाभन्दा दुई किलोमिटर माथि रहेको ‘निम कुङ’ नाम गरेको गुफाबाट छिरेको र त्यस मृगलाई लखेट्दै गएको कुकुुर एक हप्तापछि दुई किलोमिटर तल अहिले भेटिएको गुफाबाट बाहिर निस्किएको किंवदन्ती रहिआएको सुनाए । निमको अर्थ मगर खाम भाषामा भालु हो । यस गुफामा भालु लुक्ने भएकाले निम कुङ नाम राखिएको स्थानीयवासी हिक्मत प्रतेलले बताउनुभयो । यो गुफामा पनि उज्यालोको सहायताले २५ मिटरभित्र जान सकिन्छ ।

जनयुद्धकालमा गुरिल्ला लुकेको गुफा

यी गुफाहरु जनयुद्धकालमा माओवादी लडाकुले प्रयोग गरिएको पनि पाइएको छ । गुफाका अनुसन्धानमा भित्र छिरेका स्थानीय युवाले जनसेनाले प्रयोग गरेका लाल्टिन, पार्टीका ब्यानर र पोस्टर फेला पारेका छन् । दुई वर्षअघि अर्को गुफामा स्थानीयवासीले लुकाइराखेको अवस्थामा बन्दुकसमेत फेला पारेका थिए ।

अहिले यी गुफामा पुग्नका लागि बाटो भने सहज छैन । बाहिरबाट आएका जो कोहीले सजिलै गुफा पत्ता लगाउन सक्दैनन् । थाहा पाएका स्थानीयवासीसँगको सहकार्यमा मात्र गुफा पुग्न सकिने स्थानीयवासी बताउँछन् । यस गुफाको पहिचानका लागि गत वर्ष वडाले रु एक लाख छुट्याएको वडाध्यक्ष पुनले बताए ।

Advertisement

त्यसैगरी रुकुम (पूर्व)का प्रदेशसभा सदस्य तेजबहादुर ओलीले आफूले अहिलेसम्म हेरेका गुफामध्ये यी गुफा बिल्कुलै नयाँ र फरक खालका गुफा रहेको बताए । भर्खरै पत्ता लागेका यी गुफाको पहिचान, प्रचारप्रसार तथा संरक्षण र विकासका लागि पहल गर्ने र यसलाई रुकुम (पूर्व)को पर्यटकीय गन्तव्यको रुपमा चिनाउने बताए । आवश्यक प्रचारप्रसार र पूर्वाधारको विकास गर्न सके यी गुफा पर्यटकीय गन्तव्यको रुपमा चिनिने र स्थानीयवासीको लागि आयआर्जनको एउटा राम्रो स्रोत बन्ने उनको भनाइ छ ।रासस

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top