विप्लव समुहसँगको भिडन्तमा २ जनाको ज्यान गएको खनालद्धारा पुष्टि

विप्लव समुहसँगको भिडन्तमा २ जनाको ज्यान गएको खनालद्धारा पुष्टि

२५ असार, काठमाडौँ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुरमा नेत्र विक्रम चन्द समूहसँगको भिडन्तमा परी २ जनाको ज्यान गएको पुष्टि गरेका छन् ।  प्रहरी महानिरीक्षक खनालले बुधबार बिहान बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भोजपुर नगरपालिकास्थित हाट बजार लाग्ने स्थानमा चन्द समूहको गोली प्रहारबाट प्रहरी जवान संजीव राई र जवाफी फायरका क्रममा सो समूहका ओखलढुंगा जिल्ला इन्जार्च ३५ वर्षीय नीरकुमार राईको मृत्यु भएको जानकारी दिएका हुन् ।

गस्तीमा गएका प्रहरीमाथि सो समूहले गोली चलाएको र छातीमा गोली लागेका प्रहरी जवान संजीवको मृत्यु भएको उनको भनाई थियो । घटनामा परी घाईते भएका दुवै जनालाई अस्पतालले मृत घोषणा गरेको थियो ।

प्रहरी महानिरीक्षक खनालले मृत सो समूहका ओखलढुंगा इन्चार्ज नीरको साथबाट एक थान चाईनिज पेस्तोल र ६ राउण्ड गोली पनि बरामद गरिएको बताए । घटनामा परी घाईते भएका अर्का प्रहरी जवान सोमनाथ भट्टराईको जिल्ला अस्पताल भोजपुरमा उपचार भईरहेको छ । उनको कुईनामा गोली लागेको पनि प्रहरी महानिरीक्षक खनालले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.