क्लिनिक गैरकानुनी रुपमा सञ्चालित

१५ माघ ७४, मंगलबार

उदयपुर, माघ १६
कटारी नगरपालिका, कटारी बजारमा सञ्चालन हुँदैआएका करिब तीन दर्जन मेडिकल हल तथा क्लिनिकमध्ये झण्डै डेढ दर्जन गैरकानुनी रुपमा सञ्चालन हुँदै आएका छन् ।

Advertisement

गत शुक्रबार र शनिबार क्षेत्रीय औषधि कार्यालय विराटनगरबाट कटारी बजारमा आएको टोलीले कटारीमा आउँदा यस्ता अवैध सञ्चालन हुँदै आएका क्लिनिक तथा औषधि पसलका सञ्चालक पसल नै बन्द गरेर भागेको स्थानीयवासी शम्भुप्रसाद दाहालले बताए ।

अविनाश प्याकुरेल नेतृत्वको टोली दुई दिनसम्म बस्दा पनि अवैध औषधि पसल सञ्चालकले बन्द गरेका थिए । अनुगमन टोली विराटनगर प्रस्थान गर्नेबित्तिकै अहिले फेरि त्यस्ता अवैध औषधि पसल र क्लिनिक पुनःसञ्चालन हुन थालेको कटारी त्रिवेणीका हेमराज कार्की बताउछन् ।

Advertisement

सगरमाथा अस्पताल, देव मेडिकल, रोहित रोशन मेडिकल, साझा पोलिक्लिनिकसहित दर्जनांैँ औषधि पसल र क्लिनिक अहिलेसम्म पनि गैरकानुनी रुपमा सञ्चालन हुँदै आएको आरोप कटारी बजारकै एक पुराना मेडिकल सञ्चालकले लगाए ।

यस्ता अवैध पसलसँग आधिकारिक कागजात नभएको र धेरैले करसमेत नतिरेको वा करको दायरामा नआएको क्षेत्रीय औषधि कार्यालय विराटनगरका कर्मचारीले बताएका छन् । इजाजतपत्र नभएका अवैध क्लिनिक तथा औषधि पसलले औषधिको मूल्य दोब्बर लिने र बिरामी जाँच गर्दा महँगो शुल्क लिने गरेको आरोप लगाइएको छ ।

Advertisement

कतिपय क्लिनिकले बिरामीलाई गलत औषधि सिफारिस गर्ने र लामो समयसम्म आफ्नै क्लिनिकमा झुलाएर राख्ने गरेको कटारी हरैयाका देवबहादुर कटुवालको भनाइ छ । यस्ता अवैध क्लिनिकको भरपर्दा अन्त्यमा बिरामी उपचारका लागि बाहिर जान बाध्य हुनुपर्ने र कतिपयको ज्यान नै जाने गरेको कटारीवासी बताउँछन् ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top