मन्त्रीहरूबीच नै मतभेद, मुखै बोल्दैनन् कोही–कोही

२६ असार ७६, बिहीबार
Share this
812shares

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारका मन्त्रीहरु मतभेद बढ्दै गएको छ । सरकार गठन भएको डेढ बर्षको अवधिमा सरकारका मन्त्रीहरूबीच समन्वय हुन नसक्दा मतभेद चुलिँदै गएको हो । पार्टी एकता भएको १३ महिना बितिसक्दा समेत सरकारमा सहभागी पूर्व दुई पार्टीका मन्त्रीहरूबीच मन मिल्न सकेको छैन ।

Advertisement

मन्त्रीहरुको बीचमा सामूहिकता भन्दा एक्लाएक्लै सफल हुने होडका कारण परिणाम दिन नसकेको एक मन्त्री बताउँछन् ।उनका अनुसार मन्त्रीहरूको बीचमा  आपसी समन्वय भएको भए राम्रो परिणाम दिन सकिन्थ्यो, तर सरकार गठन भएदेखि नै अहिलेसम्म सामूहिक भावना देखिएको छैन । अन्तर–मन्त्रालयबीच समन्वय नहुँदा सरकारले गरेको निर्णयको प्रभावकारी कार्यान्वयन हुन नसकेको उनको बुझाइ छ ।

मन्त्रीपरिषद् स्रोतका अनुसार कतिपय मन्त्रीहरूको बीचमा त बोलचाल समेत नहुने अवस्था छ । प्रधानमन्त्री ओलीले अगाडि सार्नुभएको नीति र कार्यक्रमअनुसार मन्त्रीहरूले काम गर्न नसकेको निष्कर्ष नेकपाले निकालेको छ ।, यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसुदन रायमाझीले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top