×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

२० वटा राष्ट्रिय गौरवका आयोजनाको खर्च साढे ६४ अर्ब, कसको कति(सूचिसहित)

२६ असार २०७६

२६ असार, काठमाडौँ ।

२० वटा राष्ट्रिय गौरवका आयोजनाहरुले एक वर्षमा ६४ अर्ब ५९ करोड २ लाख रुपैंया खर्च गरेका छन् । सरकारले बजेटको अभाव नहुने व्यवस्थासहित गौरवका आयोजनाहरुका लागि यसपाली ८७ अर्ब ४९ करोड ८५ लाख रुपैंयाँ विनियोजन गरेको थियो ।

गौरवका २० आयोजनाहरु सरकारले विनियोजन गरेको कुल रकमको ७३.८ प्रतिशत खर्च गर्न सफल भएका छन् । जसमा पुँजीगत तर्फ ६५.७ प्रतिशत, चालु तर्फ २०२.३ प्रतिशत र वित्तिय व्यवस्था तर्फ ९९.२ प्रतिशत खर्च भएको छ ।

खर्च गरिएको रकममध्ये ४६ अर्ब ३५ करोड ६५ लाख रुपैंयाँ पुजीगत(विकास) खर्च रहेको छ भने बाँकी २ अर्ब ८० करोड २५ लाख रुपैंयाँ भने चालु खर्च रहेको छ । त्यस बाहेक १५ अर्ब ४३ करोड १२ लाख रुपैंयाँ भने वित्तिय व्यवस्थापनमा खर्च भएको छ । २० वटा आयोजनामध्ये दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजनाले २०६ प्रतिशत खर्च गरेको छ भने पुष्पलाल(मध्य पहाडी) राजमार्गले १८२.६ प्रतिशत खर्च गरेको छ ।

सबै भन्दा कम खर्च गर्ने गौरवको आयोजनाका रुपमा भने पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलले गरेको छ । उसको पुँजीगत खर्च जम्मा ७.४ प्रतिशत मात्रै छ । त्यस्तै, कम खर्च गर्ने अर्काे आयोजनाका रुपमा निजगढ विमानस्थल परेको छ । उसले जम्मा २१ प्रतिशत बजेट मात्रै खर्च गर्न सकेको छ । काठमाडौं–तराई मधेश फास्ट ट्रयाकले पनि जम्मा ३२.५ प्रतिशत मात्रै खर्च गरेको देखिन्छ । असार २५ गतेसम्मको विवरण अनुसार गौरवका आयोजनाहरुको प्रगति यस्तो देखिएको हो ।

(विकास न्युजबाट)

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top