चलचित्र ‘न यता न उता’को हास्य प्रधान ट्रेलर रिलिज(भिडियो)

२६ असार ७६, बिहीबार
Share this
716shares

२६ असार, काठमाडौँ ।
चलचित्र ‘न यता न उता’को ट्रेलर सार्वजनिक भएको छ । मिराज रोश र बिशारद बस्नेतको निर्देशनमा बनेको सो चलचित्रको ट्रेलर बिहीबार युट्युब मार्फत सार्वजनिक भएको हो ।

Advertisement

साउन १७ गतेबाट प्रदर्शनमा आउने तयारी गरिरहेको चलचित्रको सार्वजनिक ट्रेलरमा कमेडीलाई प्राथमिकता दिइएको छ । ट्रेलरमा ऋचा शर्मा, छुल्ठिम गुरुङ, मिराज रोश, समीर दीक्षित, बुद्धि तामाङ, रविन्द्र झा, लुनिभा तुलाधर लगायत कलाकारलाई समेटिएको छ ।

ऋचा शर्मा, छुल्ठिम गुरुङ, मिराज रोश, समीर दीक्षित, बुद्धि तामाङका साथमा रविन्द्र झा, राजाराम पौडेल, कमलमणि नेपाल, नम्रता सापकोटा, सिल्सा जिरेल, लुनिभा तुलाधर, राजन खतिवडा, जयनन्द लामा लगायतका कलाकारको भूमिका रहेको छ ।

Advertisement

चलचित्रका निर्माता अमित अर्याल, विजय अवाले, विनीता अधिकारी, डाक्टर नीराजन शर्मा हुन् । मिराज रोशन को कथा पटकथा रहेको चलचित्रलाई अरोन अशोक कुमारले खिचेका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top