आज ठूली एकादशी,तुलसी रोपण गरेर मनाइँदै

आज ठूली एकादशी,तुलसी रोपण गरेर मनाइँदै

२७ असार, काठमाडौँ ।
असार शुक्ल एकादशी शुक्रबार(आज) तुलसी रोपण गरेर ठूली एकादशी मनाइँदैछ । भगवान् विष्णु चार महिनाका लागि जल शयनीमा रहनुहुने शास्त्रीय मान्यताअनुसार तुलसी रोपण गरेर व्रत बसेर यो पर्व मनाइँदैछ । यो दिन जान्नेले पानी रोटी खान्छन् भनिन्छ ।

यो एकादशीपछि हरिबोधनी एकादशीका दिनसम्म शुभकार्य नगर्नु भन्ने ज्योतिषीय मान्यता छ । यो अवधिमा ज्योतिषले शुभकार्यको घडीपला तोक्ने गर्दैनन् । पशुपतिमा शुक्रबार आर्यघाट बागमतीमा तुलसीको डोरो राख्ने चलन छ । अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलका अनुसार आर्यघाटमा अमालबाट तुलसीको बिरुवा दिएर रोपण आयोजना भएको छ ।

तुलसीलाई आयुर्वेदमा महादेवको वनस्पतिका रूपमा व्याख्या गरिएको वैद्यराज सुवर्ण वैद्य बताउँछन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.