आफ्नै घरको गारोले किच्दा १ जनाको मृत्यु

आफ्नै घरको गारोले किच्दा १ जनाको मृत्यु

२७ असार, भोजपुर ।
भोजपुर रामप्रसाद राई गाउँपालिका–७ बासिखोरा बस्ने ६६ बर्षिय जगत बहादुर राईको आफ्नै घरको गाह्रोले किच्दा मृत्यु भएको छ । २५ गते आएको अबिरल बर्षाको कारण घरमा पानीको भेल पस्दा घर भत्किएर गाह्रोले किच्दा पिढीमा सुतिरहेका राईको मृत्यु भएको हो।

राई घरमा एक्लै बस्दै आएका थिए । उनको २५ गते राती मृत्यु भएको भनि स्थानियले खबर गरेपछि ईलाका प्रहरी कार्यालय घोडेटारकोे प्रहरी टोलीले कानुनी कारबाही गरिरहेको जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.