यतीको जहाज धावनमार्गमा चिप्लियो,२ जनाको अवस्था गम्भिर

यतीको जहाज धावनमार्गमा चिप्लियो,२ जनाको अवस्था गम्भिर

२७ असार, काठमाडौं ।
यती एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवतरणका क्रममा चिप्लिएको छ । नेपालगञ्जबाट ६६ जना यात्रु बोकेर काठमाडौँ आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएर २० मिटर पर पुगेको हो ।

विमानमा सवार यात्रुहरुमध्ये २ जनाको अवस्था गम्भिर रहेको छ। उनीहरुलाई उद्धार गरी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल पठाइएको जनाईएको छ ।

अहिले आपतकालिन संयन्त्रलाई सुचारु गरेर उद्धार कार्य भइरहेको विमानस्थल प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए । उद्धारका लागि रनवेमा दमकल तथा एम्बुलेन्स पुगेका छन्। विमान चिप्लिएसँगै अहिले अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ। जसका कारण आकाशमा ४ वटा अन्तर्राष्ट्रिय विमानहरु होल्डमा छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.