मोरङको नयाँ बजार जलमग्न

मोरङको नयाँ बजार जलमग्न

२७ असार, विराटनगर ।
मोरंगको कटहरी गांउपालिकामा रहेको नयां बजार जलमग्न भएको छ । स्थानिय लोहन्द्रा खोलाको पानी बजार प्रवेश गरेपछि नयां बजार जलमग्न भएको हो । विराटनगर रंगेली सडकखण्डमा पर्ने नयां बजारको सडकमा तीन फिट बढी खोलाको धार बगेको छ ।

सकडमै खोलाको धार बगेपछि सडक किनारका मुख्य बजारका पसलहरु जलमग्न भएका छन् । पसल र सटर भित्र बाढीको पानी प्रवेश गरेका कारण ब्यापारीहरुले लाखौंको क्षति बेहोर्नु परेको छ । नयां बजारको पश्चिमतर्फ रहेको लोहन्द्रा खोलामा बाढी आएका कारण बजार क्षेत्र डुबान भएको हो ।

मुख्य सडकमैं खोलाको धार बगिरहेका कारण विहानै विराटनगरतर्फ अध्ययन गर्न विभिन्न विद्यालय गएका विद्यार्थी सहित विराटनगरबाट रंगेलीतर्फ जाने सर्वसाधारण,सवारी चालक र पैदलयात्रुले सास्ती झेल्नुपरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.