वर्षापछिको बाढी पहिरोमा परी ११ जनाको मृत्यू

वर्षापछिको बाढी पहिरोमा परी ११ जनाको मृत्यू

२७ असार, काठमाडौं ।

बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण मुलुकका विभिन्न क्षेत्रका राजमार्ग अबरुद्ध बनेका छन् ।

सडकमा पहिरो खसेका कारण राजमार्ग अबरुद्ध बनेको हो । प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार काभ्रेमा बीपी राजमार्गमा सवारी चल्न सकेका छैनन् भने पूर्वपश्चिम राजमार्ग अन्तरगत सर्लाही खण्डमा बाटोमापानीआएर साना गाडी नचल्ने अवस्थामा छन् ।

पूवपश्चिम राजमार्गकै सनुसरी रामधुनी ६ मा पनि सडक अबरुद्ध छ । धनकुटा पाख्रिवास ७, उदयपुरको रौतामाई गाइघाट, खोटाङ हलेसी चुवाचुङ सडकखण्ड पनि ठप्प रहेको जनाइएको छ ।

ओखलढुंगाको मनेभञ्ज्याङ ७, सिन्धुलीको गोलञ्चोर ५ र रामेछापको मन्थली ६ मा अबरुद्ध सडक खुलाउने प्रयास भइरहेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार ललितपुरको महाकाल हेटौंडा राजमार्ग, कान्तिपथ र त्रिभुवनपथ पनि अबरुद्ध छ । लम्जुङ,मनाङ राजमार्गमा पनि सवारी चल्न सकेका छैनन् ।

मुलुकभर बाढी र वर्षाको क्षतिका विवरण आउन थालेपछि गृह मन्त्रालयले सुरक्षा साथ बस्न सर्वसाधारणलाई अपिल गरेको छ । गृहकाअनुसार बाढी र वर्षा सम्बन्धीपूर्वसूचना सम्भावित क्षेत्रमाविहानदेखि नै एसएमएसमार्फत पठाइएको थियो ।स्थानीय प्रशासन, सुरक्षा निकाय लगायतलाई सम्बन्धित क्षेत्रमा उच्च सतर्कताका साथ कामगर्न पनि गृहले निर्देशन दिएको छ ।

साथै, आपतकालीन उद्दारकालागि हेलिकोप्टर पनितयारी अवस्थामा राखिएको छ । अविरल वर्षाका कारण अहिलेसम्म मुलुकभर ११ जनाको मृत्यु भइसकेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.