हजुरआमा र दिदी पुरिएः ‘३ महिने बालिका कोक्रोमा परेकाले बाँचिन’

काभ्रे : विहिबार साँझबाट परेको अविरल वर्षातका कारण बनेपा नगरपालिका वडा नम्वर ३ साविक उग्रचण्डी गाविस ७ चुनातालमा बारी बगाउँदा घर भित्र रहेका दुई जनाको निधन भएको छ भने दुईजनालाई स्थानीयले जिवितै उद्धार गरेका छन् ।

Advertisement

‘हामी रोटी पकाउने तयारीमा थियौं, एक्कासी गल्र्याम गरेको आवा सुनियो, हतार हतार बाहिर निस्किएर हेर्दा आफ्नै जेठानी गोमा दंगालको घर पछाडी रहेको काल्लो बारी बगाएर घर पुरिएछ’–देउरानी रिता दंगालले भन्नु भयो–‘घर लडेको देख्ने वितिक्कै छिमेकीहरुसँग गुहार माग्यौं, तत्कालै सबै जम्मा हुनु भयो र उद्धारमा लाग्यौं ।’ घटना भएको ४÷५ मिनेट पनि नहुँदै पुगेको रिताले बताउनुभयो ।

‘हतार हतार हामीले पुरिएका मान्छेहरु निकाल्ने प्रयत्न ग¥यौं, जेठानी गोमा माख्लो तल्लामा ओछ्यानमा हुनुहँदो रहेछ, ब्लान्केट ओढेर सुतेकाले होला, ब्लान्केटमै गुटुमुटु हुनुहुँदो रहेछ ।

Advertisement

आधा टाउको बाहिर र जिउ भित्र भएकाले बाँचेकै भन्ने सोच्यौं तर उहाँ वितिसक्नु भएछ’–रिताले घटनाका बारेमा भन्नु भयो–‘घर भित्रको चुल्हो र मुल ढोकाको याद रहेकाले गोमाको बुहारी शुशिला दंगाल खोज्न लाग्यौं । उनी मुल ढोकामा च्यापिएको अवस्थामा आधा शरिर बाहिर र आधा भित्र भएको अवस्थामा फेला परिन । ७ बर्षिया शुशिलाको छोरी सुहावी भित्रबाट बाहिर आउनै लाग्या पुरिईछन् भने कोक्रामा रहेकी ३ महिने छोरी जिउँदै अवस्थामा पछाडीको झ्यालबाट उद्धार भयो ।’, यो खबर आजको नेपाल समाचापत्रले छापेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top