विपद्जन्य घटना : ४० वर्षमा ४० हजारकै मृत्यु, ३१० जना बेपत्ता

विपद्जन्य घटना : ४० वर्षमा ४० हजारकै मृत्यु, ३१० जना बेपत्ता

काठमाडौं : गृह मन्त्रालयका अनुसार विगत ४० वर्षको अवधिमा बाढीपहिरो र विभिन्न प्रकारका विपदजन्य घटनामा परी ४० हजारभन्दा बढीको मृत्यु भएको छ। यस अवधिमा विपदका २२ हजार ३७२ घटना भएका छन्। जसका कारण ३१० जना अहिले पनि बेपत्ताको सूचीमा रहेको गृह मन्त्रालयअन्तर्गतको विपद व्यवस्थापन महाशाखाले जानकारी दिएको छ।

विपदबाट सो अवधिमा ५९ लाख ३२ हजार १२ घरपरिपार प्रत्यक्ष प्रभावित भएका छन् भने ३५ हजारभन्दा बढी घर पूर्ण रुपमा क्षति भएको छ। गृहमन्त्रालयका अनुसार यस अवधिमा राजमार्ग तथा भिरालो पहाडमा गरी दुई हजारभन्दा बढी पहिरो गएको छ। यसैगरी यस अवधिमा मुसलधारे वर्षा, बाढीपहिरोले गरी ४२ हजार ९०० हेक्टर भूमागमा क्षति पुगेको छ।,यो समाचार आजको राजधानी दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.