वायु सेवा निगमलाई किस्ता तिर्नै सकस, ७५ करोड रुपैयाँ घाटामा जाने अनुमान

काठमाडौँ : काठमाडौं लामो दूरीको अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्नै लक्ष्यसहित अघिल्लो वर्ष निकै तामझामसहित भित्र्याइएका दुईवटा वाइड वडी खरीदको तेस्रो किस्ता तिर्नुपर्ने समय एक साता पनि बाँकी छैन ।

गत चैतमा पनि खरिदका लागि लिइएको ऋणवापतको किस्ता तिर्नुपर्ने दायित्वबाट निगम पछि हट्यो। यतिमात्र होइन, त्यसअघि खरिद गरिएका दुईवटा न्यारो बडीका १० वर्षे किस्ता तिर्नुपर्ने नियमित अर्को दायित्व पनि निगममाथि छ तर गत पुसदेखि नै निगम सम्भौताअनुसार किस्ता बुझाउनुपर्ने दायित्वबाट चुकेको छ।

सरकार आफैँ जमानीमा बसेपछि करिब २४ अर्ब रुपैयाँमा निगमलाई निगमलाई वाइड बडी खरिद गर्न कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोष तयार भएका थिए । चारवटै जहाजको मासिक किस्ता मात्रै एक अर्ब १३ करोड रुपैयाँभन्दा बढी छ ।

Advertisement

निगमका कार्यकारी अध्यक्ष मदन खरेल भन्छन्, ‘सञ्चालन खर्च तिर्न नै गाह्रो भएको छ।’ शुक्रबार बिहान संसदको अर्थ समितिको बैठकमा खरेलले आफैँले चालू आर्थिक वर्षमा निगम करिब चार अर्ब ७५ करोड रुपैयाँमा घाटामा जाने अनुमान प्रस्तुत गर्नुभयो । त्यसमध्ये अन्तर्राष्ट्रिय उडानतर्फको घाटा चार अर्ब १५ करोड र बाँकी करिब ५० करोड आन्तरिक उडानतर्फको हुने उनको भनाइ थियो।,यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top