बाढीमा ज्यान गुमाउनेका परिवारलाई प्रदेश-२ सरकारले ३-३ लाख दिने

२८ असार, जनकपुरधाम ।
प्रदेश नम्बर २ मा बाढीपहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई प्रदेश–२ सरकारले ३÷३ लाख राहत उपलब्ध गराउने भएको छ। शनिबार बसेको मन्त्रीपरिषद् बैठकले मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो।

Advertisement

प्रदेश–२ सरकारले राहत तथा उद्दारका लागि प्रत्येक जिल्लाका विपद् व्यवस्थापन समितिलाई तत्कालका लागि १०–१० लाख उपलब्ध गराउने निर्णय समेत गरेको छ।

बाढीपहिरोका कारण सबै बाटोहरु अवरुद्ध भएको अवस्थामा राहत तथा उद्दारका लागि संघीय सरकारसँग समन्वय गरेर हेलिकप्टर मगाउने पहल भइरहेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले बताए।

Advertisement

साथै मन्त्रीपरिषद्को बैठकले राहत तथा उद्दारमा जुट्न प्रदेशभरीका युवाहरुलाई आह्वान समेत गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top