बाढीको कहर :३९ को मृत्यु, ३३ बेपत्ता

२९ असार, काठमाडौं । बाढीपहिरोमा परी दुई दिनमा देशका विभिन्न भागमा ३९ जनाको मृत्यु भएको छ।  राजमार्ग डुबाउँदा र कतिपय पुल भत्काउँदा आवागमन अवरुद्ध भएको छ।

Advertisement

समयमा राहत र उद्धार हुन नसक्दा पूर्वी र मध्य तराईका सर्वसाधारणको जनजीवन कष्टकर भएको छ। बिहीबार साँझदेखि भएको अविरल वर्षा केही घटे पनि रोकिएको छैन। यसले बाढीपहिरो आउने क्रम जारी छ। वर्षा अझै कायम रहने मौसमविद्ले जनाएअनुसार यात्रामा निस्कनु अघि सडकको अवस्था राम्रोसँग जानकारी लिएर मात्रै गन्तव्यका लागि प्रस्थान गर्न प्रहरीले आग्रह गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top