२९ असार, पाँचथर ।
पाँचथरको मिक्लाजुङ गाऊँपालिका–४बस्ने लोकबहादुर राईको ९बर्षीय छोरा दिवन राईको खोलाले बगाएर मृत्यु भएको छ । गत २७ गते बिहान पौने १० बजेको समयमा घरबाट विद्यालयतर्फ जाँदै गर्दा सोही स्थानमा रहेको नुवाखोला तर्नेक्रममा खोलाले बगाएर बेपत्ता भएका थिए ।
बालक राईको खोजतलासका क्रममा आईतबार दिउँसो १ बजेको समयमा ५ किलोमिटरको दुरीमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।