संसदीय समितिको बाढी पीडितहरुको उद्दार, राहतमा जुट्न सरकारलाई निर्देशन

संसदीय समितिको बाढी पीडितहरुको उद्दार, राहतमा जुट्न सरकारलाई निर्देशन

२९ असार, काठमाडौँ ।
संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी, पहिरो र डुबान पीडितहरुको उद्दार, राहत तथा उपचारको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको उद्दार, राहत र उपचारको उचित व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

अविरल वर्षाका कारण पीडित भएकाहरुको उचित व्यवस्था तत्काल गर्न सरकारलाई निर्देशन दिइएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिए । बैठकले बाढी, पहिरो र डुबानबाट विस्थापित भएकाहरुको पुर्नबासको तत्काल व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराएको छ । त्यसैगरी वेपत्ता नागरिकहरुको खोजी कार्यलाई पनि तीव्रता दिन सरकारको ध्यानाकर्षण गराइएको पनि समितिले जनाएको छ ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरो र डुबानमा परी ज्यान जानेहरुको संख्या हालसम्म ४५ जना पुगेको जानकारी समितिलाई गराएका थिए । त्यसैगरी ३२ जना वेपत्ता भएको, २९ जना घाईते भएको र २ हजार ६३ जनालाई उद्दार गरिएको पनि गृह मन्त्रालयको आईतबार अपरान्हसम्मको तथ्यांकमा उल्लेख गरिएको छ । गृहमन्त्री थापाले घाईतेहरुको स्थानीय अस्पतालहरुमा उपचारको व्यवस्था मिलाइएको पनि बताए । तीन दिनयता आएको लगातारको वर्षाका कारण देशका ३८ वटा जिल्ला बाढी, पहिरो र डुबानबाट बढि प्रभावित भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.