एजेन्सी,असार ३०
विश्वकप क्रिकेट सकिएसँगै अन्तर्राष्टिय क्रिकेट परिषद (आईसीसी)ले आईसीसी टिम अफ द टुर्नामेन्ट टोली घोषणा गरेको छ । सोमबार घोषणा टोलीको आईसीसी टिम अफ द टुनामेन्ट टोलीको कप्तानमा न्युजिल्यान्डका केन विलियमसन रहेका छन् ।
आईसीसी टिम अफ द टुनामेन्टमा इंग्यान्डबाट सर्वाधिक चार खेलाडी अटाएका छन् । भारतीय चर्चित खेलाडी विराट कोहली आईसीसी टिम अफ द टुनामेन्टमा अटाएका छैनन् ।
त्यस्तै न्युजिल्यान्डबाट ३, भारत र अष्टेलियाबाट समान २ खेलाडी अटाएका छन् भने बंगलादेशबाट १ जना खेलाडी अटाएका छन् । वेस्ट इन्डिज,दक्षिण अफ्रिका,श्रीलंका,पाकिस्तान,अफगानिस्तानबाट भने कुनै खेलाडी अटाएका छैनन् । विराटसँगै डेविड वार्नर, राशिद खान, ग्लेन म्याक्सवेल लगातका स्टार खेलाडी परेका छैनन् ।
एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिताकोे उपाधि सुपर ओभरमा न्युजिल्यान्डलाई पराजित गर्दै आईतबार राती घरेलु टोली इंग्ल्यान्डले जितेको थियो ।