पोखरीमा डुबेर बालकको मृत्यु

३० असार ७६, मंगलबार

३१ असार, इटहरी ।
सुनसरीको दुहबी नगरपालिका–२ का सलिब मियाको ४ बर्षीया छोरा जुगेर मियाको पोखरीमा डुबेर मृत्यु भएको छ । सोमवार अपरान्ह ५ बजेको समयमा बिबाहमा जान भनी हिँडेका बालक घर नजिकै रहेको पोखरीमा डुबेर घाइते भएका थिए ।

Advertisement

उनलाई तत्काल उद्धार गरी उपचारको लागि सामुदायिक अस्पताल दुहवी हुँदै थप उपचारको लागि बिराट टिचिङ अस्पताल पठाईएकोमा उपचारकै क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top