३१ असार,विराटनगर ।
विराटनगर–८ बालगोपाल टोलका बाढी पीडित सुकुम्बासी परिवारलाई त्रिपाल वितरण गरिएको छ । सिंघीया खोलाको बाढीबाट बिस्थापित भएका सो ठांउका सुकुम्बासी परिवारलाई त्रिपाल वितरण गरिएको हो ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बालगोपाल टोलमा आयोजित कार्यक्रमकाबीच ५० परिवारलाई त्रिपाल वितरण गरेका हुन् । प्रदेश सरकारको विपद् ब्यवस्थापन समिति मार्फत उपलब्ध गराइएको त्रिपाल बाढी पीडित सुकुम्बासी परिवारलाई वितरण गरिएको जनाइएको छ ।
सिंघीया खोलामा आएको बाढीका कारण बिस्थापित भएका सुकुम्बासी परिवार खोला नजिकैको खुला चौरमा पाल टांगेर बसेका छन् ।

