आजदेखि इन्टरनेटको मूल्य १३ प्रतिशत बढ्ने

आजदेखि इन्टरनेटको मूल्य १३ प्रतिशत बढ्ने

काठमाडौं : इन्टरनेट सेवा प्रदायकहरुले आज (बुधबार) देखि इन्टरनेटको १३ प्रतिशत मूल्य बृद्धि गर्ने भएका छन्। इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आइस्पान) नेपालको निर्णयमा सबै सेवा प्रदायकले उपभोक्ताबाट १३ प्रतिशत दूरसञ्चार शुल्क उठाउन सुरु गर्ने अध्यक्ष भोजराज भट्टले जानकारी दिए।

भट्टका अनुसार आइतबार बसेको आइस्पानको बैठकले सरकारले थपेको १३ प्रतिशत शुल्क उपभोक्ताबाट उठाउँने निर्णय गरेको हो।सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भने इन्टरनेटको शुल्क बढाए सेवा प्रदायकहरुका लागि दुर्भाग्य हुने चेतावनी दिएका छन्। ,यो समाचार आजको कान्तिपुर दैनिकमा छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.