×

NEPAL TIMES UPDATES

Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
‘बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्‘ || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026

सरकारले दर्ता गरेको नेपाल पूर्वाधार निर्माण कम्पनी निर्देशिका विपरीत

३ श्रावण २०७६

३ साउन, काठमाडौँ ।

सरकारले ठेकेदारको काम गर्ने उद्देश्यले खोलिएको ‘नेपाल पूर्वाधार निर्माण कम्पनी’ कम्पनी निर्देशिका विपरीत दर्ता भएको छ । कम्पनी निर्देशिको अनुुसूचि ३ मा कम्पनीको नाम दर्ता गर्दा ध्यान दिनु पर्ने विषयहरूको ३ नम्बरमा कम्पनीको नाम नेपाली र अंग्रेजीमा एउटै हुनु पर्ने भनेर उल्लेख गरिएको छ । तर, सरकारले दर्ता गरेको ‘नेपाल पूर्वाधार निर्माण कम्पनी’को नाम नेपाली र अंग्रेजीमा फरक छ । कम्पनी निर्देशिका अनुसार नेपाल इन्फास्टक्चर कन्स्ट्रक्सन कम्पनी हुनु पर्ने थियो । सर्वसाधारले कम्पनी दर्ता गर्दा भने नेपाली र अंग्रेजीमा एउटै नाम हुनुपर्ने व्यवस्था छ ।

Advertisement
Advertisement

कम्पनी रजिष्ट्रार कार्यालयका सूचना अधिकारी सन्तोष दहालले भने ‘मन्त्री परिषदको निर्णयले नै नाम पास गरेकाले सरकारले गठन गरेको कम्पनीमा कम्पनी रजिष्ट्रारले निर्देशिका बमोजिम नाम सच्याउन नमिल्ने बताए । सरकारले गरेको निर्णयमा कर्मचारीले केही पनि बोल्न नमिल्ने दहालले बताए । अन्य निजी कम्पनीले जस्तै ठेक्का व्यवसाय संचालन गर्ने उद्देश्यसहित सरकारले कम्पनी दर्ता गरेको थियो । चार मन्त्रालयको संस्थापक सेयरधनी रहनेगरी कम्पनी दर्ता भएको हो ।

मन्त्रालयहरूको उक्त कम्पनीका २५/२५ प्रतिशत सेयर रहेको छ । २१८६३३ दर्ता नम्बर रहेको उक्त कम्पनीको नाम ‘नेपाल पुर्वाधार निर्माण कम्पनी लिमिटेड’ राखिएको छ । कम्पनीको ३० अर्ब अधिकृत पूँजी रहेको उक्त कम्पनीमा ४ मन्त्रालयको बराबर सेयर रहेको छ । कम्पनी रजिष्ट्रार कार्यालयले दिएको जानकारी अनुसार संस्थापक सदस्यमा अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालय छन् ।

कम्पनीमा सबै संस्थापक मन्त्रालयको समान ७५/७५ लाख कित्ता शेयर हिस्सा छ । काठमाडौं वडा नम्बर १० मा कार्यालय हुने भनिएको उक्त कम्पनीमा अन्य तीन मन्त्रालयलाई समेत थपेर ७ सदस्यीय संचालक समिति बनाइएको छ ।

कम्पनीले विशेष गरि संरचना निर्माणका क्षेत्रमा सम्भाव्यता अध्ययन प्लानिङ, डिजाईन, निर्माण तथा त्यसको व्यवस्थापन सम्बन्धि व्यवसाय संचालन गर्ने उद्देश्य राखिएको छ । कम्पनीले भवन, हवाईमैदान, द्रुतमार्ग, राजमार्ग, सडक, सहायक मार्ग, रेलमार्ग, सुक्खा बन्दरगाह, ड्याम, लघु रेलमार्ग, पुल, सुरुङमार्ग, जलमार्ग, रोपवे, नहर, घाट, पाईपलाईन, जलमार्ग, जलाशयको अध्ययन तथा निर्माण गर्नेछ ।

Advertisement

पानी ट्याङकी, पोखरी ,गोदाम, भण्डार, एकीकृत शहरी विकास आवास, नयाँ शहर लगायत सिभिल इन्जिनियरिङ सम्बन्धी सबै काम गर्न पाउने गरी कम्पनी रजिष्ट्रारको कार्यालयबाट दर्ता प्रमाण पत्र लिएको हो । कम्पनी निर्माण उपकरण खरिद गरी निजी तथा सरकारी कम्पनीलाई भाडामा लगाउन पाउने समेत व्यवस्था गरिएको छ ।(विकास न्युजबाट)

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top