×

NEPAL TIMES UPDATES

Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026
Playing
World News:युरोनियमका लागि रुसको इरानलाई सहयोग,रुसमाथिको प्रतिबन्ध हट्यो, सामूहिक चिहानमा ५६ श*व
Apr 19, 2026
Playing
बस्तीमा डोजर चलेपछि घेरियो सरकार || Nepal Times
Apr 19, 2026
Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्ः भारतीय धर्मगुरु || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026

बाढी पीडितका दबिएका स्वर: के खाने, कसरी बच्ने ?

३ श्रावण २०७६

३ साउन, काठमाडौँ ।

घरको चुलो गजगजे हिलोले पुरिएका, सामान हिलोले लतपतिएका र भिजेको एक पोको चामल घाम लागेको मौका छोपेर आँगनको ओभानो भागमा सुकाइएको थियो ।

Advertisement
Advertisement

यो दृश्यमा बुधबार अपराह्न बाढीले पुरेका भाँडाकुँडा र खाद्यान्न पाइन्छ कि भनेर मझेरी खोतल्दै हुनुहुन्थ्यो सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ का त्रिभुवन मिश्र । बाढीले बगाउनबाट जोगिएका सामान बचेको छ कि भन्ने आशले उहाँ पाँगोले भरिएको मझेरी खोतल्दै थिए । श्रीमती श्यामादेवीले सघाउँदै थिइन् ।

तीन दिन भूजाको भरमा बसेका मिश्र दम्पतीले बाढीबाट बचेको अन्न पकाएर बुधबारदेखि सामान्य पेट भर्न थालेका छन् । उनको घरभित्र भरिएको पाँगो माटो देख्दा जो कोहीको मन भक्कानिन्छ । मिश्र परिवारमा यो समस्या भएको पहिलो भने होइन । उनी भन्छन्, “समस्या मेरो २०औँ वर्षदेखि यही कुरा छ, राजाको पालादेखि अहिलेसम्म समस्यैसमस्या, अब हामी कसरी बच्ने ?” उनको मनको वह अझै रोकिएन । “म बर्बात् छु बरबात्, सबै सम्पत्ति हेर्नुस्, धानचामल छैन, भोलि के खाने, अहिलेसम्म सरकारको राहत पाएको छैन ।”

विडम्बनाको कुरो त हरेक वर्षजसो नै उनी पीडित बनेका छन् । आएको राहत टाठाबाठाले मात्रै कुम्याउँछन् । उनका अनुसार कमजोर र गरीब परिवारले राहत पाउनै मुस्किल छ । “अरु साल पनि राहत आउँथ्यो, उनीहरुकै मान्छे राख्छन्, बाँडीचुँडी खान्छन्, हामीले केही भेट्दैनौँ”, मिश्रले विगतको अनुभवसहितको पीडा पोखे ।

यहाँका धेरै बस्तीमा यस्तै पीडा छ । खाने र बस्नेको ठाउँ ठेगान छैन, कतिबेला बाढी आउने भन्ने चिन्ता उस्तै छ । असार २७, २८ मा ज्यान बचाउन गरेको सङ्घर्ष झल्झल्ती सम्झन्छन् पीडितहरु ।

घर ओभाने बनेको छैन । खाने अन्न छैन, लगाउने कपडा छैन, बस्ने बास छैन, रातमा निद्रा छैन । स्थानीय सत्यनाथ मिश्र भन्छन्, “अहिलेको अवस्था एकदम बिग्रेको छ, सबैको घरमा पानी नै पानी छ, जग्गा जमीन पुरिदिएको छ, खाना पकाउन सकिएको छैन र सरकारको कुनै सुविधा आएको छैन ।”

गाउँ भएर खाँडो खोला बग्छ । अविरल वर्षाका कारण केहीमाथि कटान गरेर खाँडो खोला बस्तीतर्फ सोझिएर क्षणभरमै बस्तीमा हावाकावा बनायो । खेतीयोग्य जमीन पुरेको छ । धानको बीउ सखाप पारेको छ ।

तिलाठी–कोइलाडीका महेश्वर झा खाँडो खोलाले कृषिमा ठूलो क्षति पु¥याएको बताउँछन् । “बीउ जति थियो, त्यो बगीहाल्यो, अब किसानसँग बीउ नै छैन, धान कसरी फल्छ ?” झा प्रतिप्रश्न गर्छन् । घर भत्किएको र भाँडाकुँडा बगाएर पीडित बनेका स्थानीय बाढीको डर कम भए पनि गाँस, बास र कपासको जोहो गर्ने पीडा थपिएको बताउँछन् ।

साल्ट ट्रेडिङका पूर्वकर्मचारी शतिशचन्द्र झाले खेतीयोग्य जमीन बगर बनेको र बीउ हिलोले पुर्दा किसानलाई ठूलो मर्का परेको बताए । “पक्की घर बच्या छ, अरु बच्या छैन, चाँडोभन्दा चाँडो यो खाँडो खोलाको बाँध बन्नुप¥यो, अनि ढुक्कसँग निद्रा लाग्छ ।” झाले गाउँको अवस्था बताए । सप्तरीमा मानवीय क्षति नभए पनि बस्ती र खेतीबालीमा ठूलो क्षति पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले चार हजार ५०० घरपरिवार प्रभावित भएको बताए । उनले राहत वितरणको काम जारी रहेको भन्दै छुटेका भए खोजेर वितरण गर्ने बताए । उनले यहाँको केही स्थान अझै डुबानमा रहेको बताए ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायत सरकारको उच्चस्तरीय टोलीले बुधबार सोही ठाउँमा गएर स्थलगत अवलोकन गरी पीडितको अवस्थाबारे जानकारीसमेत लिए ।

सप्तरीको यो प्रतिनिधि समस्या तराईमा बाढी र डुबान पीडितको यथार्थ चित्रण हो । रौतहट, धनुुषा, सिराहालगायत जिल्लामा योभन्दा बढी पीडा छ । बाढी र डुबानको पीडा कम भए पनि घरवारविहीन भएका र खाने अन्न नभएका सर्वसाधारणको अवस्था भने अझै चुनौतीपूर्ण छ । उनीहरु राहतको पर्खाइमा छन् । कतिपय स्थानमा राहत वितरणको काम तीव्र छ भने कतिपय ठाउँमा पुुग्न नसकेको यो तथ्यले पुष्टि गर्छ ।

स्थानीय गाउँपालिकाको सक्रियतामा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तथा स्थानीय समुदाय खाँडो खोलाले भत्काएको स्थानमा अस्थायी ड्याम बनाउनमा व्यस्त छन् । यहाँका नदी, खोलानालाले धेरै ठाउँमा भत्काएकाले स्थानीयका प्रयास सम्भव हुने देखिँदैन । लामो दूरीका सडक सञ्जाल विच्छेद भएकाले त्यसको पुनःनिर्माण टड्कारो आवश्यकता छ ।

प्रदेश नं २ को विवरणअनुसार यहाँका आठ जिल्लामा ३२ जनाको मृत्यु भएको छ । रौतहटमा मात्रै १० जनाले ज्यान गुमाएका छन् । प्रदेश नं २ मा एक लाख १८ हजार घरका सात लाख व्यक्ति प्रभावित छन् । तीन हजार ६५० घरमा पूर्ण क्षति पुगेको छ । लालबकैया, कमला र वाग्मतीलगायत साना खहरे खोलाले ठूलो क्षति पु¥याएको छ ।

अर्थका कारण राहतमा कुनै कमी हुन नदिने उल्लेख गर्दै मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको हरेक जिल्लामा तत्कालका लागि रु १० लाखका दरले राहत उपलब्ध गराएको र मृतक परिवारलाई प्रतिमृतक रु तीन लाखका दरले राहत दिने निर्णय गरेको जानकारी दिए । राहत वितरण कसरी भइरहेको छ भनेर हेर्ने संयन्त्र नहुने हो भने वास्तविक पीडितले राहत नपाउने गुनासो स्थानीयको छ । सप्तरीका प्रमुुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले यसपटक आँकलन गरिएको भन्दा बेग्लैरुपमा बाढी र डुुबान भएको बताउँछन् ।

गृह मन्त्रालयका राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको विवरणअनुसार असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको, २९ हराइरहेका र ४१ घाइते भएका छन् । विपत्मा परेर सबैभन्दा बढी रौतहटमा मात्रै १० जनाले ज्यान गुमाएका छन् ।

Advertisement

ललितपुर र सिराहामा छ÷छ तथा मोरङ, भोजपुर, धनुषा, मकवानपुर र सिन्धुलीमा पाँच÷पाँच जनाले ज्यान गुमाएका छन् । ओखलढुङ्गा, महोत्तरी र डोल्पामा चार÷चार तथा झापा, खोटाङ, पर्सा, काभ्रेपलाञ्चोक र काठमाडौँमा तीन÷तीन जनाको मृत्यु भएको छ । यस्तै सुनसरी, बारा, धादिङ र दाङमा दुई÷दुई, इलाम, पाँचथर, सङ्खुवासभा, उदयपुर, सर्लाही रामेछाप, पाल्पा र कपिलवस्तुमा एक÷एक जनाको मृत्यु भएको जनाइएको छ ।रासस

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top