कुमारीको हीराजडित मुकुटको खोजी

काठमाडौँ : वसन्तपुरकी कुमारीको हीराजडित मुकुट खोजीको विषय भएको छ । कुमारीका साथमा रहेका गरगहना जाँच गर्दा यो मुकुट जाँच समितिले पनि अवलोकन गर्न पाएको छैन । गत वर्ष गुठी संस्थानको एक समितिबाट गहना जाँच भएको थियो ।

गहना जाँचका क्रममा कुमारीलाई राज्यका तर्फबाट चढाइएका २२ वटा औँठीमा सुन नै नभएको पाइएको थियो । विसं १९९१ मा सरकारका तर्फबाट गुठी जाँच अड्डाको नामको लगतमा तत्कालीन राजा जयप्रकाश मल्लले यो मुकुट श्रीकुमारीलाई चढाएको अभिलेख छ ।

कुमारीका पुजारी उद्धव कर्माचार्यका अनुसार जयप्रकाश मल्लले कुमारीलाई चढाएको हीराजडित छतख्ते मुकुट हराइरहेको छ । कुमारीलाई झट्ट हेर्दा मल्लले चढाएजस्तोे झुक्यानमा पार्न सकिने अर्को मुकुट पहि¥याइएको छ ।

Advertisement

केन्द्रीय गुठी लगत तथा अभिलेख शाखा कार्यालय भद्रकालीका सूचना अधिकारी श्रीरत्न शाक्यका अनुसार लगतअनुसार कुमारीको छतख्ते मुकुटमा पहिलोमा हीरा दाना १३०, दोस्रोमा पन्ना ३ वटा, नीर, माणिक, मुगा, मोती एक÷एकवटा, गोमेद दुईवटा र हीरा १३ वटा जडित छन् ।

तेस्रो तख्तामा हीरा ९० दाना र माणिक २८ वटा जडिएका छन् । चौथोमा हीरा ५५ दाना, माणिक ४२ वटा छन् भने पाँचौँमा हीरा दाना ९६, छैटौँ तख्तामा नौरत्न दाना छवटा, माणिक २९ वटा र सानो पन्ना १२ वटा जडिएका छन् ।, यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top