अक्षय कुमार स्टारर ‘मिसन मङ्गल’को ट्रेलर सार्वजनिक (भिडियो)

अक्षय कुमार स्टारर ‘मिसन मङ्गल’को ट्रेलर सार्वजनिक (भिडियो)

एजेन्सी, साउन ३

अक्षय कुमार स्टारर बलिउड फिल्म ‘मिसन मङ्गल’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर बिहीबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

मिसन मङ्गल’मा भारतका दुई स्पेस साइन्टिस्ट राकेश धवन (अक्षय कुमार), तारा शिंदे (विद्या बालन) र टिमले कसरी पहिलो प्रयासमा नै सैटेलाइटलाई मङ्गल ग्रहमा पठाउन सफल भए भन्ने देखाइएको छ ।

जगन शक्तिले निर्देशन गरेको फिल्म एक सत्य घटनामा आधारित भएको बताइएको छ ।‘ अक्षयले ट्रेलरको बारेमा सामाजिक सञ्जालमा लेखेका छन् कि , यो कुनै कहानी मात्र नभएर एक मिसाल हो जसले असम्भव सपनालाई भारतले सम्भव बनाएको थियो । बलिउड मिडियाले लेखे अनुसार स्पेस साइन्सको बारेमा बनेको यो पहिलो बलिउड चलचित्र हो ।

चलचित्रमा तापसी पन्नू, विद्या बालन, शरमन जोशी, कीर्ति कुल्हारी, सोनाक्षी सिन्हा, नित्या मेननलगायतको अभिनय रहेको छ । ‘मिसन मङ्गल’ १५ अगस्टमा प्रदर्शनमाअ आउँदै छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.