अफगानिस्तानमा २४ जना विद्रोही मारिए

४ साउन ७६, शनिबार
Share this
723shares

४ साउन, कान्दहार ।

Advertisement

अफगानी सुरक्षा फौजको कारबाहीमा उरुग्जान प्रान्तमा कम्तीमा २४ जना तालिबान लडाकू मारिएको सेनाले जनाएको छ । सेनाले प्रहार गरेको क्षेप्यास्त्रबाट अरु १७ जना लडाकू घाइते भएका छन् ।

सेनाका प्रवक्ता सेलाबले एक विज्ञप्ति प्रकाशन गरी गोप्य सूचनाका आधारमा सेनाले कारबाही प्रहार गरेको बताउनुभयो । तर वक्तव्यमा उक्त क्षेप्यास्त्र अफगान सेनाले गरेको हो वा नेटो आबद्ध सेनाले गरेको हो भन्ने केही खुलाइएको छैन ।

Advertisement

आक्रमणबाट हातहतियार र विस्फोटक पदार्थ पनि नष्ट भएको छ । मुलुकका ३४ मध्ये २० वटा प्रान्तमा गत अप्रिलदेखि भिषण आक्रमण–प्रत्याक्रमण जारी छ । अफगान युद्धको शान्तिपूर्ण समाधान खोज्न कतारमा संयुक्तराज्य अमेरिका र तालिबान

समूहबीच वार्ता जारी रहे पनि अफगानिस्तानभित्र युद्ध भने निरन्तर चलिरहेको छ । (रासस-सिन्ह्वा)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top