ढुवानी रोकिँदा वीरगन्जमा हजारौं ट्रक सामान अड्कियो

ढुवानी रोकिँदा वीरगन्जमा हजारौं ट्रक सामान अड्कियो

वीरगंज : देशको प्रमुख नाका वीरगन्जमा याततायत तथा ढुवानी हड्तालका कारण हजारौं ट्रक माल समान रोकिएको छ। राजधानीसँगै देशको विभिन्न भागमा लैजानुपर्ने समान सुक्खा बन्दरगाह, आइसिपी र साबिक भन्सारमा अड्किएका हुन। त्यसैैगरी वीरगन्जका उद्योगहरुमा तयार भएका मालसमान पनि निकासी हुन नपाएको उद्योगीहरुले बताएका छन्।

वीरगन्ज उद्योग बाािण्ज्य संघका पूर्वअध्यक्ष प्रदीप केडियाका अनुसार यहाँका व्यवसायीहरुले साउन १ गते बुधवार अर्थात नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि वीरगन्जबाहिर सामान पठाउन पाएका छैनन्। मालवाहक साधनहरु भाडामा नपाएर उनीहरुको सामान वीरगन्जकै गोदाममा थन्किएर बसेको छ।

वीरगन्जबाट स्वदेसी नम्बरको एउटा पनि लरी, ट्रक, प्लेटफर्म ट्रक वा टेलरमा मालसमान ओसारपसार हुन पाएको छैन। सरकारले लागु गरेको ‘भेइकल कन्साइन्मेन्ट ट्र्या्किङ सिस्टम’ (भीसीटीएस ) प्रणाली र ढुवानी व्यवसायमा सरकारले गत जेठ १५ को बजेटमार्फत लगाएको मुल्य अभिबृद्धी कर (भिएटी)ले गर्दा देशभरका यातायात तथा ढुवानी व्यवसायीसँगै वीरगन्जमा समेत ढुवानी व्यवसायी आन्दोलित छन्।,याे खबर नागरिक दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.