धोनीले दुई महिना आर्मीको तालिम गर्ने

धोनीले दुई महिना आर्मीको तालिम गर्ने

एजेन्सी, साउन ५
भारतीय टोलीका पुर्व कप्तान तथा विकेटकीपर महेन्द्र सिंह धोनीले आगामी दुई महिना सम्म आर्मीमा तालिम गर्ने भएका छन्। ३८ बर्षीय धोनी भारतीय प्रादेशिक आर्मीको लेफ्टिनेन्ट कर्नेल पनि हुन् ।

शनिबार भारतीय क्रिकेट कन्ट्रोल अफ बोर्ड (बीसीसीआई)ले आधिकारीक रुपमा पुष्टि गर्दै धोनीले अर्को महिनामा वेस्ट इन्डिजसँग हुने समान तीन टी ट्वान्टी र वान डे सिरिजको लागि आफ्नो नाम फिर्ता लिएको जनाएको छ ।

त्यस्तै धोनीले तत्काल आफ्नो क्रिकेट करिअरबाट सन्न्यास नलिने भएका छन् । ढल्किदो उमेरसँगै विश्वकपछि धेरैले धोनीले सन्न्यास लिन सक्ने अनुमान गरेका थिए । तर धोनीका म्यानेजर अरूण पाण्डेले पीटीआईसँग कुराकानी गर्दै सन्न्यास नलिने पुष्टि गरेका हुन् । भारतले आईतबार वेस्ट इन्डिजसँग हुने समान तीन टी ट्वान्टी र वान डे क्रिकेटको लागि आफ्नो सदस्य घोषणा गर्ने बताईएको छ ।

धोनी आगामी वान डे विश्वकप नखेल्ने हुँदा उनको स्थानमा युवा खेलाडीलाई मौका दिनु पर्ने कसैको तर्फ छ भने केहि चर्चित बिश्लेषकहरुले धोनीलाई टोलीमा निरन्तरता दिनुपर्ने बताउदै आएका छन् । भारत गत आइतबार इंग्ल्यान्डमा सम्पन्न विश्वकपमा न्युजिल्यान्डसँग सेमिफाइनलमा पराजित हुँदै बाहिरिएपछि धोनीको सन्यासको चर्चा चलेको थियो ।

टी ट्वान्टी विश्वकप,वान डे विश्वकप र च्याम्पिनयशीप ट्रफी गरि आईसीसीको तीनै प्रतियोगिता जिताउने धोनी विश्वका एक्लो कप्तान हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.