पहिरोका कारण पूर्वका तीन राजमार्ग ठप्प

काठमाडौं : पहिरोका कारण पहाडी जिल्ला जोड्ने तीन मुख्य राजमार्ग सातादेखि ठप्प छन् । सिद्धिचरण, कोशी र मेची राजमार्गका ठाउँ-ठाउँमा पहिरो खसेको छ।

Advertisement

सिद्धिचरण राजमार्गको बेतेनी–घुर्मी खण्डअन्तर्गत उदयपुरको कटारी नगरपालिका–११ स्थित ठाँटीभन्ज्याङमा ‘एलाइमेन्ट’ नै परिवर्तन गर्नुपर्ने अबस्था भएपछि सञ्चालनमा कठिनाइ भएको छ। यो राजमार्ग रोकिँदा सोलु, ओखलढुंगा र खोटाङ जिल्लामा औषधि र खाद्यान्न अभाव हुन थालेको छ।

पाँच दिनदेखि अवरुद्ध मेची राजमार्गको पाङ्गे्रभिरमा खसेको पहिरो अझै हटाउन सकिएको छैन। कोशी राजमार्गको धनकुटा–धरान खण्डमा गएको पहिरो हटाउन तीन महिना लाग्ने भएको छ।,यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top