विराटनगर : पहिले तिर्दै आएको करमा पाँच सय प्रतिशत वृद्धि भएपछि विराटनगरका औषधी व्यवसायी, होटल तथा पर्यटन व्यवसायी आन्दोलित भएका छन् । विराटनगर महानगरपालिकाले अचाक्ली कर वृद्धि गरेको भन्दै औषधी व्यवसायीसहितका विभिन्न संस्थाले आन्दोलन सुरु गरेका छन् ।
आन्दोलनको पहिलो कार्यक्रमकोरुपमा आईतबार र्यालीसहित विराटनगर महानगरपालिकाका मेयरलाई विरोधपत्र बुझाउने नेपाल औषधी व्यवसायी संघ कोसी अञ्चल शाखाका अध्यक्ष कुमार खतिवडाले बताएका छन् । व्यवसायीले थेग्नै नसक्नेगरी करमा वृद्धि भएपछि आन्दोलन सुरु गर्नुपरेको खतिवडाले बताए ।
व्यवसायीहरुले सुरु गरेको आन्दोलन भने विराटनगर महानगरपालिकाले १ वर्षअघि गरेको निर्णयको विरुद्ध हो । महानगरपालिकाले गत २०७५ साल असार महिनामै विभिन्न शीर्षकमा लिँदै आएको करमा एक हजार प्रतिशतसम्म वृद्धि गरेको थियो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।