वृद्धभत्ता माग्न गएका जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र !

वृद्धभत्ता माग्न गएका जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र !

दैलेख : जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र १ सुन्दा अनौठो लाग्न सक्छ। तर दैलेख भगवतीमाई गाउँपालिकामा यस्तै भएको छ।वृद्धभत्ता लिन पुगेका मनिराम खत्री र उनकी श्रीमती ज्योतिकला खत्रीलाई गाउँपालिकाले नै मृत्यु भइसकेको भन्दै प्रमाणपत्र थमाएको छ। कर्मचारीको लापरबाहीका कारण जीवित व्यक्तिलाई मृत्युको प्रमाणपत्र दिइएको हो। गत असार १० गते ती दम्पतीलाई गाउँपालिकाले मृत्यु दर्ताको प्रमाणपत्र थमाएको थियो।

लेखपढ नगरेका खत्री दम्पतीले उक्त प्रमाणपत्र के को हो भन्ने पत्ता पाएनन्। तर जब आफ्नै मृत्युदर्ताको प्रमाणपत्र भएको थाहा पाए, तब उनीहरू छाँगाबाट खसेजस्तै भए। खत्री परिवार केही महिनाअघि बर्दिया बसाइँ सरेको थियो। बसाइँ सराइको प्रमाणपत्र नलिएका कारण उनीहरु वृद्धभत्ता बुझ्न दैलेख पुगेका थिए।

गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर बुढाले मृत्युदर्ताको प्रमाणपत्रमा रुजु गरेको छ। तर उनको अन्यत्रै सरुवा भइसकेको छ। ‘गत मंसिरमा हाम्रो परिवार बसाइँ सरी बाँसगढी आएको थियो,’ पीडितकी छोरी नानकला अधिकारीले भनिन्, ‘वृद्धभत्ता मिलाइदिन भनेर बाआमाले गाउँपालिकामा कागजात पेस गर्नुभएको थियो। तर बाआमा वृद्धभत्ता बुझ्न जाँदा त गाउँपालिकाले उल्टै दुवै जनाको मृत्यु भएको प्रमाणपत्र पो थमायो।’ ,यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.