अस्पतालको फोहोरबाट खाना पकाउने ग्यास

काठमाडौँ : भएभरका फोहोर एउटै डस्टबिनमा फाल्ने संस्कारले फोहोर व्यवस्थापनमा चुनौती हुने गरेको छ । फोहोरको समस्या कहिल्यै समाधान नहुने मुख्य कारण पनि त्यही हो भन्छन्– फोहोर व्यवस्थापनमा काम गरिरहेका विज्ञहरू । फोहोरलाई स्रोतमै छुट्याउँदा जोखिमयुक्त फोहोरसमेत आम्दानीको दरिलो माध्यम बन्ने अनुपम उदाहरण बनेको छ शिक्षण अस्पताल ।

अस्पतालबाट निस्कने जोखिमयुक्त फोहोरलाई पनि प्रभावकारी ढङ्गमा व्यवस्थापन गरी विगत दुई वर्षदेखि अस्पतालले प्रतिमहिना ४० देखि ४५ हजार रुपियाँसम्म आम्दानी गरिरहेको छ । दुईवटा चुलो निरन्तर बल्ने बायोग्याससमेत उत्पादन गर्दै आएको छ । नेपाल हेल्थ केयरको प्राविधिक सहयोगमा अस्पतालको १९ वार्डमा मात्र सञ्चालित फोहोर व्यवस्थापनको सफल नतिजाको प्रतिफल हो त्यो ।

अस्पतालको मिर्गौला उपचार गरिने नेफ्रो (मोडेल वार्ड)को काउन्टर अगाडि लहरै कालो, रातो, नीलो, हरियो र गाढा नीलो रङको डस्टबिन लहरै राखिएका छन् । ती डस्टबिनमा नेपाली र अङ्गे्रजी भाषामा खाना, फलफूल, प्लास्टिक, कागज र पानीका बोतल छुट्ट्याएर राख्ने भनेर लेखेरै राखिएका छन् । त्यसको सीधामाथि भित्तामा हरेक डस्टबिनमाथि पढ्न, लेख्न नसक्नेका लागि चित्रसहित स्टिकर टाँसिएका छन् ।

Advertisement

त्यसैगरी रातो सानो डस्टबिनमा टिस्युपेपर मात्र । यी सबै डस्टबिन त्यहाँ उपचारका लागि भर्ना भएका बिरामी र तिनका कुरुवाले प्रयोग गर्छन् । विशेषगरी रातो डस्टबिनमा चाहिँ सङ्क्रमण फैलाउन सक्ने सम्भावना भएको जोखिमयुक्त फोहोर मात्र राख्नुपर्ने व्यवस्था छ । वार्डको भित्र पनि त्यसैगरी डस्टबिन लहरै राखिएका छन् ।, यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top