विप्लवका उपत्यका इन्चार्ज माइला लामा मध्यरातमा पक्राउ

५ साउन, काठमाडौं ।
नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार लामालाई गएराति १ बजे काठमाडौंको काँडाघारीबाट पक्राउ गरिएको हो ।

Advertisement

गत फागुन १० गते नख्खुको एनसेल कार्यालयमा गराइएको बम विस्फोटमा हात रहेको र जेठ १२ गते काठमाडौंको घट्टेकुलो र सुकेधारामा भएको बम विस्फोटको योजनाकार लामा नै रहेको भन्दै प्रहरीले खोजीको सूचीमा राखेको थियो ।

माओवादी जनयुद्धको सुरुवातदेखि नै पार्टीमा सक्रिय लामा सो समय बम बनाउने क्रममा विस्फोट भई घाइते भएका थिए । उनी २०६४ को संविधान सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ९ बाट उम्मेदवार भई झिनो मतले पराजित भएका थिए । लामा लामो समय माओवादीको सांस्कृतिक विभागमा रहेर काम गरेका गीतकार तथा संगीतकार समेत हुन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top