छविराज र शिल्पाविरुद्ध जेठी श्रीमतीद्वारा बहुविवाहको मुद्दा

छविराज र शिल्पाविरुद्ध जेठी श्रीमतीद्वारा बहुविवाहको मुद्दा

५ साउन, काठमाडौं ।
निर्माता छविराज ओझाकी जेठी श्रीमती हेमा ओझाले छविराज ओझा र अभिनेत्री शिल्पा पोख्रेलविरुद्ध बहुबिवाहको मुद्धा चलाएकी छिन् ।हेमाले महानगरिय प्रहरी वृत्त गौशलामा श्रीमान ओझा र सौता पोखरेलमाथि आईतबार मुद्धा दायर गरेकी हुन् । ५३ वर्षीया हेमा र छविका दुई छोराहरु छन् । उनीहरकोे २०४१ सालमा विवाह भएको थियो । उनीहरुका दुई छोराहरु छन् ।

हेमाले जाहेरीमा विवाहपछि हेमा र छविको सम्बन्ध राम्रो नै रहेको र केही समयदेखि मन मुटाव भएको उल्लेख छ । छविको कार्य क्षेत्र फिल्मी भएकोले पनि उनले मन बुझाएकी र छविले पनि किन शंका गरेको भनेपछि उनी चुपचाप बसेकी पनि उल्लेख छ ।

जाहेरीका अनुसार छविसंग विभिन्न महिलाहरुको नाम जोडेर विभिन्न व्यक्तिहरुले सुनाएको र छविलाई सोधपुछ गर्दा सत्य नभएको जवाफ पटक पटक दिएको र कसैको सवालमा पनि प्रमाण नभेटिएपछि उनी विश्वास नै गरी बसेकी थिइन् । फेरि छविसंग शिल्पाको नाम जोडेर आएको हल्ला चल्दा हेमाले आफ्नो श्रीमाणलाई सोध्दा हामीले विवाह गरेको प्रमाण तिमीसंग के छ ? भन्ने जवाफ दिएपछि आफूले खोजेको ठाउँहरुमा केही प्रमाण नभेटेको हेमाले जाहेरीमा उल्लेख गरेकी छन् ।

केही समयपछि मिडियामा पनि छवि र शिल्पाको चर्चा धेरै चलेपछि हेमाले सबै व्यक्तिहरुसंग सहयोग मागेर प्रमाण जुटाउन लागि परिन् । साउन ३ गते छविकै कार्यलयबाट उनकै कर्माचारीको सहयोगमा हेमाले शिल्पा र छविको विवाह दर्ता गरेको प्रमाणपत्रको फोटोकपी प्राप्त गरेको आधारमा आफू हुँदा हुँदै अर्का विवाह गरेको भन्दै जाहेरी दर्ता गरेकी छिन् । अब पारिवारिक झमेलामा परेका छवि र शिल्पाको यात्रा कता तर्फ मोडिन्छ त्यो भने हेर्न बाँकी नै छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.