खेत जोत्दै गर्दा चट्याङ्ले लागेर एक जनाकाे मृत्यु, हल गोरु पनि मरे

खेत जोत्दै गर्दा चट्याङ्ले लागेर एक जनाकाे मृत्यु, हल गोरु पनि मरे

६ साउन, विराटनगर ।
मोरङको धनपालथान गाउँपालिकामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । खेत जोत्दै गरेको अवस्थामा चट्याङले लागेर धनपालथान गाउँपालिका–३ सोराभागका ५० वर्षीय श्याम मण्डलको सोमबार घटनास्थलमै मृत्यु भएको हो ।

घरदेखि लगभग दुई सय मिटर पर धान रोप्नका लागि खेत हिल्याउँदै गरेका बेला चट्याङ्ले लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर कवीन्द्र कार्कीले जानकारी दिए । चट्याङले खेत जोत्दै गरेका एक हरु गोरु पनि मरेका छन् ।

मण्डलको शव जिल्ला अस्पताल रंगेलीमा पोस्टमार्टम गरेर परिवारका सदस्यको जिम्मा लगाइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.