शेयर बजार: नेप्सेमा सामान्य सुधार

५ साउन ७६, सोमबार

६ साउन, काठमाडौँ ।

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.४८ विन्दुले बढेर एक हजार २७१.२३ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१९ विन्दुले बढेर २७३.५० मा पुगेको छ ।

नेप्से उकालो लाग्दा कूल १६६ कम्पनीको १० लाख ८४ हजार ५५३ कित्ता शेयर रु ३१ करोड ६६ लाख ४३ हजार ४२१ मूल्यमा खरीद बिक्री भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोवार भएका कूल ११ उपसमूह मध्ये तीन उपसमूहको शेयर आरोलो लागेको छ । त्यसमा निर्जीवन बीमा कम्पनी २१.८३, जीवन बीमा ६.४ र सामूहिक लगानी कोष ०.१९ विन्दुले घटेको छ । यस्तै बैंकिङ २.३४, होटल १७.०९, विकास बैंक १.७, जलविद्युत् ५.७३, वित्त ०.८७, उत्पादन ७.४५, अन्य २.०६ र लघुवित्त ७.४८ विन्दुले बढेको छ ।

Advertisement

लाभकर गणना विधिका विषयमा बुझाइमा केही समस्या भएपछि लगानीकर्ता अन्योलमा परेकाले बजार अपेक्षित उकालो लाग्न नसकेको बताइएको छ । स्टकका अनुसार कारोवारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल रु दुई करोड ३६ लाख ९८ हजार ६५ बराबरको कारोबार भयो ।

यस्तै, सिभिल बैंक रु एक करोड ६७ लाख ८८ हजार १४२, नबिल बैंक रु एक करोड ५८ लाख ५९ हजार ९२१, शिवम् सिमेन्ट रु एक करोड ४८ लाख ५९ हजार ६०३ र नेपाल बैंक रु एक करोड १० लाख ६३ हजार ५९२ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

Advertisement

स्टकका अनुसार एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले आज ६.९३ प्रतिशतले कमाए । यस्तै सपोर्ट माइक्रोफाइनान्स ५.६१, प्रुडेन्सियल इन्स्योरेन्स ३.७०, नेशनल माइक्रोफाइनान्स ३.५८ र नेरुडे लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २.९७ प्रतिशतले कमाए ।

यसैगरी माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ५.७२, समिट लघुवित्त वित्तीय संस्था ५.०९, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था ४.१०, नेपाल हाइड्रो डेभलपर ३.९० र स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.५५ प्रतिशतले गुमाए ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top