८ साउन, मोरंग ।
मोरङको कटहरी गांउपालिकाका बाढी पीडित सुकुम्बासी परिवारलाई राहत वितरण गरिएको छ ।
सो गाँउपालिकाको वडानम्बर ४ का बाढीपीडित १ सय २२ परिवारलाई राहतवितरण गरिएको हो । पीडित परिवारलाई प्रति परिवार २ थान म्याट र १ थान त्रिपाल वितरण गरिएको छ । कटहरी गांउपालिकाका प्रमुख रामकुमार कामत र वडानम्बर ४ का वडाध्यक्ष मन्टु शेखले पीडित परिवारलाई राहत हस्तान्तरण गरे ।जिल्ला प्रशासन कार्यालयको अनुरोधमा आर आर एन नामक संस्थाले राहत स्वरुप म्याट र त्रिपाल उपलब्ध गराएको वडाध्यक्ष शेखले जानकारी दिए। आर आर एनले सुकुम्बासी परिवारकालागि ५ मिटर म्याट र १ सय २५ थानत्रिपालउपलब्ध गराएको उनले बताए।
स्थानीय लोहन्द्रा र जुडी खोलाको बाढी बस्तीमा प्रवेश गरेपछि त्यहांका सुकुम्बासी परिवार पीडित भएका हुन् । स्थानीय प्रहरीको उपस्थितिमा राहत वितरण गरिएको थियो ।


