डिजेल बोकेर विराटनगर आएको ट्यांकरमा लागूऔषध : सहचालक समातिए, चालक फरार

डिजेल बोकेर विराटनगर आएको ट्यांकरमा लागूऔषध : सहचालक समातिए, चालक फरार

९ साउन, विराटनगर ।
भारतबाट डिजेल लोड गरेर विराटनगर आएको तेल ट्यांकरमा लागू औषध भेटिएको छ । विराटनगरस्थित पिपलचोकमा पार्किङ गरि राखिएको ना ४ ख ६६५० नम्बरको ट्यांकरमा लागु औषध भेटिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले बुधबार चेक जांच गर्ने क्रममा सो ट्यांकरमा लागू औषध फेला परेको हो ।

चालक बस्ने क्याबिनमा कालो झोलामा झुण्ड्याइ राखिएको अवस्थामा ४ बोतल लागु औषध भेटिएको प्रहरीले जनाएको छ । सो झोलामा थप ३ बोतल प्रयोग गरिसकिएको लागु औषधको खाली बोतल भेटिएको मोरङ प्रहरीका प्रवक्ता राजकुमार खिउंजुले जानकारी दिए ।

लागु औषध भेटिएपछि ट्यांकरका सहचालक भारत अररिया बथनाहाका १९ बर्षिय मोहम्मद राजुलाई नियन्त्रणमा लिइएको र फरार चालक ३२ बर्षिय मोहम्मद साफिकको खोजी कार्य भइरहेको जानकारी दिए । लागु औषध के प्रयोजनकालागि ल्याइएको हो बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.