९ साउन, इटहरी ।
सुनसरीको ईटहरी उपमहानगरपालिका–२ स्थित हलगढामा रहेको सुर्यदय होटलबाट तास खेल्दै गरेका ६ जनालाई बुधबार ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ ।
होटलमा पैसाको बाजी थापी अवैध जुवा तास भई रहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको टोलिले सुनसरीको ईटहरी उपमहानगरपालिका–२ बस्ने ४८ वर्षीय डोमी चौधरी, ४५ वर्षीय झलक बहादुर कार्की, ३७ वर्षीय अनिल तामाङ, ५८ वर्षीय गोपाल निरौला, सोही उपमहानगरपालिका–४ बस्ने ३६ वर्षीय बिदुर मिश्र र सोही उपमहानगरपालिका– ५ बस्ने २६ वर्षीय मुकुन्द काफ्ले समेतलाई पक्राउ गरेको हो ।
प्रहरीले तास खेलेको ठाउबाट ३५ हजार ८ सय ८० नगद, क्याल्कुलेटर, तास १६२ पत्ती बरामद गरेको छ । पक्राउ परेका ६ जनालाई नै ईलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।