मोरङको मिक्लाजुङमा शव फेला

मोरङको मिक्लाजुङमा शव फेला

९ साउन, विराटनगर ।
मोरङको मिक्लाजुङ गाउँपालिका–६ स्थितमा रहेको नुनसरी खोला र बक्रा खोला जोड्ने दोभानको किनारमा स्थानीय २० बर्षिय अनिष कार्की मृत अवस्थामा फेला परेका छन् । गत ४ गते मधुमल्ला बजार जान्छु भनी हिडेका उनी घर फर्कीएर नआएपछि आफन्तले खोजी गर्ने क्रममा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।

बुधबार अपरान्ह खोलाको किनारमा पानीले बगाई ल्याएको अवस्थामा कार्कीको शव फेला परेको हो । घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.